अन्तर्राष्ट्रिय

भारतको सरपारा गाउँमा पहिरोमा परेर ३६ जना बेपत्ता ,केदारनाथको यात्रा नगर्न सरकारको आग्रह

भारतको सरपारा गाउँमा  पहिरोमा परेर ३६ जना बेपत्ता ,केदारनाथको यात्रा नगर्न सरकारको आग्रह


काठमाडौं,साउन १७ । भारतको हिमाचल प्रदेशका सिमला लगायतका जिल्लामा कम्तिमा ५० जना बेपत्ता भएका छन् । सिमला जिल्लाको सरपारा गाउँमा मात्रै ३६ जना बेपत्ता भएको पाइएको छ । कुल्लु क्षेत्रको मलाणा हाइड्रोपावरको बाँध भत्किएको छ । सडक पनि भत्किएकाले सम्पर्क टुटेको छ । निरमण्डमा चारवटा पक्की पुल र २५ भन्दा बढी कच्ची पुल भत्किएका छन् ।

बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । सरकारको आपतकालीन बैठक पनि बोलाइएको छ ।यस्तै बुधबार रातिको भारी वर्षाका कारण  सरकारले केदारनाथको यात्रा नगर्न सबैलाई आह्वान गरेको छ ।

सोनप्रयाग, भीमबली लगायतका स्थानमा पुग्ने बाटो बन्द भएको छ । ठूलाठूला ढुंगासहितको पहिरो खसेर बन्द भएका सडक खुलाउने प्रयास जारी छ ।

बाटो बन्द भएकाले करिब २०० तिर्थयात्री भीमबलीका होटलहरुमा रोकिन बाध्य छन् । प्रहरीले रुद्रप्रयाग पुगिसकेका यात्रीहरुलाई त्यहीँ सुरक्षित रुपमा बस्न अनुरोध गरेको छ ।

 

Related Post