समाचार अन्तर्राष्ट्रिय

मेरो लाखौं पैसा र आधा समय मुद्दामामिलामा गयो : ट्रम्प

मेरो लाखौं पैसा र आधा समय मुद्दामामिलामा गयो : ट्रम्प

काठमाडौं,कात्तिक १६ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको आधा समय र लाखौं रकम मुद्दामामिलामा सकिएको बताएका छन् । चुनाव आउन पाँच दिन अगाडि अमेरिकी पत्रकार टकर कार्ल्सनसँग एक विशाल सभामा प्रश्नोत्तरमा भाग लिँदै ट्रम्पले उक्त कुरा बताएका हुन ।

ट्रम्पले कार्ल्सनसँग लामो कुरा गर्दै आफू राष्ट्रपति भए ग्यास र तेललाई मान्यता दिने विद्युतलाई कम दिने बताएका छन्।  । उनले भनेका छन्,  ‘ चीनसँग ग्यास र तेल नभएकोले विद्युतको कुरा गर्ने हो । अमेरिकासँग ग्यास र तेल छ । हामीले विद्युतमा लागे त्यो चीनलाई फाइदा हुन्छ ।’

 

 

 

 

Related Post