खेलकुद

यू-१९ महिला एसिया कप : नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो

यू-१९ महिला एसिया कप : नेपालले पाकिस्तानलाई  ६ विकेटले हरायो

काठमाडौं,पुस १ । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । 

नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । यो संगै नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।

 

 

Related Tag :

Related Post