काठमाडौं,मंसिर १५ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सका ओपनर मार्टिन गप्टिलले अर्धशतक पूरा गरेका छन् । जनकपुर बोल्ट्सविरुद्ध उनले ३६ बलमा अर्धशतक पुरा गरेका हुन् ।
विराटनगरले १२ ओभर एक बलमा ३ विकेट गुमाउँदै ८२ रन बनाएको छ । विराटनगरका ओपनर लोकेश बम ५, निकोलश किर्तोन ९ र अकिव इल्यास १५ रन बनाएर आउट भए ।
जनकपुरका ललित राजवंशी, हर्ष थक्कर र मोहमद मोहसिनले एकएक विकेट लिएका छन् ।