खेलकुद समाचार

नेपाली कोरियन मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न

नेपाली कोरियन  मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न

 

काठमाडौं,भदौ २३ । हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा नेपाली कोरियन मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न भएको छ । कोरिया गई फर्किएका नेपालीहरू र नेपालमै बसोबास गर्ने कोरियनहरूको बीचमा आउदै गरेको कोरियन महान चाडपर्व० छुसकको अवसरमा काठमाडौं तार्केश्वर स्थित प्रारम्भ वल्र्ड स्कुल एन्ड कलेजमा   मा मैत्रीपूर्ण फुट्सल प्रतियोगिता  सम्पन्न भएको हो।

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा कोरियाका विद्यार्थीको एक टिमसहित ३ समुह र कोरिया गई नेपाल फर्किएका नेपाली रिटर्नी र विद्यार्थी सहित ४ टिमले फुटसलमा सहभागी जनाएका थिए । हानुल टुर्स एण्ड ट्राभल्सले कार्यक्रममा सहभागीहरुमध्ये एकजनालाई काठमाडौँदेखि कोरियासम्मको आउने जाने टिकट र काठमाडौँदेखि पोखरासम्मको चारजनालाई एकतर्फी हवाई टिकट र एक रातको लागि होटेल सहितको उपहार लकी ड्र बाट वितरण गरेको थियो ।

कार्यक्रममा बोल्दै हानेउल टुर्स एण्ड ट्राभल्सका प्रमुख बिनोद चापागाईले दक्षिण कोरियादेखि नेपाल आई विभिन्न व्यापार व्यवसाय गरी नेपालमै बसोबास गरिरहेका कोरियन नागरिक तथा कोरियामा वर्षौंसम्म रोजगार गरी नेपालमै आई पुनः विभिन्न व्यवसायमा संलग्न  कोरिया रिटनिस्टहरुबीच अर्को वर्षदेखि बृहत रुपमा कार्यक्रम गर्ने बताएका छन् । यस प्रकारको कार्यक्रमले आपसी कोरियन नेपाली बिचको सुमधुर सम्बन्ध कायम राखी  कला संस्कृति आदान प्रदान हुने उनको भनाइ छ । 
 

Related Post