शिक्षा स्वास्थ्य

चिकित्सकहरुसँग शिक्षामन्त्रीले गरे छलफल

चिकित्सकहरुसँग शिक्षामन्त्रीले गरे छलफल

वैशाख १३ ,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र आन्दोलनरत डाक्टरहरुबीच छलफल भएको छ । शिक्षामन्त्री पन्तले शिक्षकहरुसँगको वार्तापछि आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरेका हुन। आन्दोलनरत चिकित्सक केही प्रतिनिधिले  मन्त्री पन्तसँग भेटेर सरकारी सरह निर्वाह भत्ता माग गर्दै न्यूनतम पारिश्रमिक पाउनुपर्ने विषय उठाएका छन् ।

निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको न्यूनतम  पारिश्रमिक दिन आनाकानी गर्दै आएपछि आवासीय चिकित्सकले  आन्दोलन गर्दै आइरहेका छन् ।

मासिक ४८ हजार ७ सय रुपैयाँ  दिनुपर्ने  उनीहरुको माग छ ।यसअघि बिहीबार स्वास्थमन्त्री प्रदीप पौडेलसँग  छलफल गरेका  थिए । तर,  छलफलमा कुनै निस्कर्ष निस्कन सकेन् ।

सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरुले  निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् । चिकित्सकहरु आन्दोलनमा उत्रिँदा  अस्पतालमा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

 

Related Post