समाचार शिक्षा

केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न एबीभीपीको माग

केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न एबीभीपीको माग

काठमाडौं,वैशाख १९।  भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ । एबीभीपीले बिहीबार अबेर विज्ञप्ति निकाल्दै यस्तो बताएको हो ।

केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेष्टर अध्ययन गर्दै रहेकी वीरगञ्ज निवासी प्रिशा शाह बिहीबार साँझ ८ बजे कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ । एबीभीपी भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीको मातृसंस्था  राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० को विद्यार्थी संगठन हो ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

 

Related Post