काठमाडौं,भदौ १ । नेपाली गीत संगीतको बजारमा संगीत प्रेमी सुपर सुरेश कार्कीको डेब्यु भएको छ । उनको 'रेश्मा'बोलको गीत आज रिलिज भएको हो । कार्कीले काठमाडौंको दरबारमार्गमा रहेको अर्गानिक लन्ज एण्ड बारमा पत्रकार सम्मेलन गरी उनको 'रेश्मा' बोलको गीत बजारमा आएको घोषणा गरेका हुन ।
कलाकारितामा विशेष रुची राख्ने इटहरीका सुरेस कार्कीको यो गीतमा अभिनय समेत रहेको छ । उनलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छिन् । आफूलाई सुपर सुरेस नामले चिनाउने सुरेसको उक्त गीतको म्युजिक भिडियो धुलिखेल क्षेत्रमा सुट भएको हो । 'रेश्मा' डान्सिङ कमेडि र्याप प्याटर्नमा बनेको छ ।
सुरेश पेसाले सरकारी कर्मचारी हुन तर उनको कलाकारिताको क्षेत्रमा ठुलो लगाव छ । उनले चर्चित कलाकारहरुका सामाजिक संजालका पोस्टहरुमा कलात्मक शैलीमा कमेन्ट गरेकै हुन्छन् । रेश्मा बोलको यो गीतको शब्द र संगीत स्वयम् सुरेसको हो भने स्वर सुरेश र पूर्वका चर्चित कमेडियन गायक प्रकाश ओझाले दिएका छन् ।
प्रकाश ओझा धेरै समय पछि नेपाली दर्शक श्रोता माझ देखापरेका हुन । प्रकाश ओझाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा प्रकाश ओझा, सुपर सुरेश, लोसिना लामिछाने लगतयतले अभिनय गरेका छन् । यस्तै गीतको म्युजिक भिडियोको प्रमुख सहायक निर्देशक विनय पौडेल रहेका छन् । गीतको म्युजिक भिडियो छायाँकार प्रवेश पोख्रेलले खिचेका हुन् भने गितको कोरियोग्राफर सुरेश पाण्डे हुन् ।