काठमाडौं,असोज ३ । पछिल्लो समय निकै व्यस्त गायिकामा पछिन् गायिका अन्जु पन्त, उनको गीत नसुन्ने सायदै कम छन् । केही दिन देखी अन्जु विदेशको साङगेतिक कार्यक्रममा अमेरिका मैै व्यस्त छिन् । यस्तै अक्टोबर ५ मा अमेरिककोको भर्जिनियामा हुने दशै तिहार फे स्ट २०२४ मा पनि उनी सहभागि हुने पक्का भइसकेको बुझिएको छ । यस पालीको दशैमा उनको प्रस्तुतिको प्रतिक्षामा आम दर्शक छन् ।
गायन शैली र आवाजले लठ्ठै बनाउने उनको खुबीलाई नेपाली दर्शक,श्रोताले निकै रुचाउँछन् पनि । दशै तिहारलाई लक्षित गरेर आयोजना गर्न लागिएको दशै तिहार फेस्टिवल नजिक आइरहँदा तयारी पनि भव्य भइरहेको छ । उक्त कार्यक्रममा गायिका अन्जु पन्त संगै मिलन नेवार, प्रमोद खरेल ,समिक्षा अधिकारी , निमा रुम्बा लगायतको नेपालका चर्चित कलाकारहरुको प्रस्तुतिले अमेकिरकाको भर्जिनिया तताउने पक्का छ ।
नेपाल भन्दा बाहिर गरिने भए पनि यस कार्यक्रमले सबै नेपाली दर्शकलाई जोड्ने यस कार्यक्रमका आयोजक रोशन पुरी बताउँछन्। नेपालको कला संस्कृतिलाई अमेरिकामा प्रर्वधन गर्ने उदेश्यले आयोजना गरिने हुनाले यस कार्यक्रममा नेपालको कला संस्कृति झल्किने पोसाक, खेल, गहना, खानाको परिकार, चंगा फस्टिवल आदी हुने भएकाले यो वर्षको यस कार्यक्रम विशेष हुने पुरी बताउँछन् ।
यस कार्यक्रममा प्रवेश शुल्क १५ डलर तोकिएको छ भने भिआइपी टिकट १०० डलर तोकिएको छ । यस्तै १० वर्ष देखी मुनीका र ६५ वर्ष देखी माथीकालाई शुल्क नलिने आयोजकले बताएको छ । यस कार्यक्रम दशैं तिहार फेस्टिवल २०२३ को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहारलाई लक्षित गरी पुन उक्त फेस्टिबल हुन लागेको हो ।
थ्री इन्टरटेनमेन्टद्वारा हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, (10624) डुम्फ्रिज रोड, मनासस, (VA20212)मा हुदैँछ ।यस्तै यस कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य र रंगीन नेपाली सांस्कृतिक नृत्यहरूका साथै नेपालको परम्परागत लाखे नृत्य प्रदर्शन पनि रहेको छ । यस कार्यक्रममा अर्को प्रमूख आर्कषणको रुपमा काइट फेस्टिभल पनि रहेको छ । जसमा मा भाग लिएर पतंगको एक शानदार प्रदर्शन र बालबालिकाका लागि रमाइलो र आकर्षक गतिविधिहरू पनि यो फेस्टिवलमा रहनेछ ।कार्यक्रमको बिषयमा थप जानकारीका लागि आधिकारिक वेबसाइट WWW.dtfest.com मा हेर्न सकिने छ ।