मनोरञ्जन

दशैं तिहार फेस्ट २०२४ मा निमा रुम्बाको लाइभ म्युजिक हुने

दशैं तिहार फेस्ट २०२४ मा निमा रुम्बाको लाइभ म्युजिक हुने

 सम्झेर ती दिन, हुरी बतास, प्रीती बस्यो लगायत गीत गायक निमा रुम्बाका चर्चित गीतहरु हन । उनको पुरा नाम नीमा छिरिङ  भए पनि आम दर्शक माझ उनी निमा रुम्बा कै नामले चिनिएका छन् । पर्सामा जन्मिएका रुम्बा लामो समयदेखी नेपाली गीत संगीतको क्षेत्रमा निकै लोकप्रीय गायकको रुपमा परिचीत छन् । गायन शैली र आवाजले लाखौ दर्शकहरुको मन जिती सकेका उनी अहिले विदेशकै साङगीतिक कार्यक्रमामा व्यवस्त छन् । दशैैंलाई  लक्षित गरेर अमेरिककामा हुन लागेको दशैं तिहार फेस्ट २०२४मा पनि लाइभ म्युजिक हेर्न लाखौ नेपाली दर्शक उनको पर्खाइमा छन् । अक्टोबर ५ मा हुने दशै तिहार फेस्ट २०२४ मा उनको लाइभ प्रस्तुतिलाई कार्यक्रमको मुख्य आर्कषणको रुपमा हेरिएको छ । कार्यक्रममा रुम्बा संगै अर्का चर्चित गायक प्रमोद खरेलको पनि विशेष प्रस्तुुती रहनेछ ।

नेपाल भन्दा बाहिर गरिने भए पनि सबै नेपाली दर्शकलाई जोड्ने उदेश्यले उक्त कार्यक्रम हुन लागेको हो । नेपालको कला संस्कृतिलाई अमेरिकामा प्रर्वधन गर्ने उदेश्यले आयोजना गरिने हुनाले यस कार्यक्रममा नेपालको कला संस्कृति झल्किने पोसाक, खेल, गहना, खानाको परिकार,  चंगा फेस्टिवल आदी हुनेछन् ।

यस कार्यक्रममा प्रवेश शुल्क १५ डलर तोकिएको छ भने भिआइपी टिकट १०० डलर तोकिएको छ । यस्तै १० वर्ष देखी मुनीका र ६५ वर्ष देखी माथीकालाई  शुल्क नलिने आयोजकले बताएको छ । यस कार्यक्रम दशैं तिहार फेस्टिवल २०२३ को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहारलाई लक्षित गरी  पुन उक्त फेस्टिबल हुन लागेको हो ।

थ्री इन्टरटेनमेन्टद्वारा  हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा  प्रिन्स विलियम काउन्टी  मनाससमा हुदैँछ ।यस्तै यस कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ । 

Related Tag :

Related Post