काठमाडौं,असोज २० । नेपाली चलचित्रको क्षेत्रमा चलचित्र रिलिज गर्ने दौडमा सधै प्रतिस्पर्धा गरेर चलचित्र जुधाउने प्रचलन पहिले देखी नै चल्दै आएको हो। अहिले स्वस्तिमा खड्का अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’ले उत्साहजनक ब्यापार गरिरहेको बेला फूलपातीमा थप तीन वटा चलचित्र प्रतिस्पर्धामा उत्रिँदैछन् ।जसमा दीपकराज गिरी एन्ड कम्पनीको ‘छक्कापञ्जा ५’, जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’ र विराज भट्टका बाबुछोराको ‘१२ गाउँ’ एकै दिन रिलिज को पर्खाइमा छन् ।
कसले बाजी मार्छ त्यो थाहा पाउन फुलपाती सम्म नै कुर्नु पर्ने देखिएको छ । यी तीनवटै चलचित्रको चर्चा सामाजिक सञ्जालमा निकै भईरहेको छ । विशेष गरी अहिले ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ बीच एकप्रकारको ‘साइबर वार’ नै चलिरहेको छ । समग्रमा हेर्दा अहिले तीनवटै चलचित्रको गीत र ट्रेलर दर्शकले मन पराइरहेका छन् । । ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ कमेडी जनराका चलचित्र हुन् भने ‘१२ गाउँ’ एक्सन जनराको हो । दशैंको लामो बिदाको फाइदा उठाउन एउटै डेटमा तीनवटा चलचित्र भिडेपछि दर्शक बाँडिने पक्का जस्तै देखिएको छ।
एकै दिनको रिलिज डेट भएका तीन चलचित्रहरुमा १२ गाउँ नेपालमा मात्र नभएर छिमेकी भारतको भोजपुरी चलचित्रमा पनि ‘एक्सन हिरो’ को छवि बनाएका अभिनेता विराज भट्टले निर्माणरनिर्देशन र अभिनय गरेको चलचित्र हो । यही चलचित्रबाट उनले आफ्नो छोरा समीर भट्टलाई अभिनयमा डेव्यु गराएका छन् । यस्तै अर्को चलचित्र ज्वाइँ साब नेपालका एक चर्चित कमेडियन जितु नेपाल अभिनित ‘फिल्म कमेडी धारमै बनेको चलचित्र हो ।
वसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा जितुसहित नीति शाह, बुद्धि तामाङ, हिमेश पन्तलगायतले अभिनय गरेका छन् । ट्रेलरबाटै कथाको ठूलो हिस्सा एक्सपोज गरिएको छ । यस्तै छक्कापञ्जा ५ दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको ‘छक्कापञ्जा ५’ ले रिलिज अगाडि नै लगानी उठाइसकेको छ । व्यापारिक रुपमा चलचित्र सुरक्षित भए पनि आफ्नो ब्रान्डको साख गिर्न नदिने चुनौती दीपक(दीपासामु छ ।