समाचार मनोरञ्जन

अक्टोबर ५ मा भर्जिनियामा हुने डी टी फेस्ट २०२४ मा गायक प्रमोद खरेल र निमा रुम्बाको लाइभ प्रस्तुति हुने

अक्टोबर ५ मा भर्जिनियामा हुने डी टी  फेस्ट २०२४ मा गायक प्रमोद खरेल र निमा रुम्बाको लाइभ प्रस्तुति  हुने

काठमाडौं,भदौ २६ । नेपालीहरुको महान् चाड दशैं तिहार अब नेपालीहरुको घर आगँनमा आइपुग्न धेरै दिन बाँकी छैन । यस्तै दशैं तिहारलाई नै लक्षित गरेर असोज १९ गते अर्थात अक्टोबर ५ मा भर्जिनियामा हुन लागेको  दशैं तिहार फेस्टिवल २०२४ को प्रतिक्षामा रहेका दर्शकहरुको लागि यो फेस्टिवल नजिकै आइरहेको छ । उक्त फेस्टिवल नजिकिदै जादाँ तयारी पनि सुरु भएको छ ।  दशैं तिहार फेस्टिवल २०२३ को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहारलाई लक्षित गरी  पुन उक्त फेस्टिबल हुन लागेको हो । 

थ्री इन्टरटेनमेन्टद्वारा  हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा  प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, (10624)  डुम्फ्रिज रोड, मनासस, (VA20212)मा हुदैँछ उक्त कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, निमा रुम्बा लगायतको लाइभ म्युजिककका साथै नेपालीपनको महसुस गराउने खालका विविध खेल तथा खानाका परिकारहरु यस कार्यक्रमको प्रमूख आर्कषणको रुपमा रहेको छ । साथै नेपाली खानाका स्वादिष्ट  परिकारहरूको साथै प्रत्यक्ष प्रदर्शनहरूको आनन्द लिन सकिनेछ ।  

यस्तै नेपाली सांस्कृतिक नृत्य र रंगीन नेपाली सांस्कृतिक नृत्यहरूका साथै नेपालको  परम्परागत लाखे नृत्य प्रदर्शन पनि रहेको छ । यस कार्यक्रममा अर्को प्रमूख अमर्कषणको रुपमा 
काइट फेस्टिभल पनि रहेको छ । जसमा मा भाग लिएर  पतंगको एक शानदार प्रदर्शन पनि अवलोकन र बालबालिकाका गतिविधिहरूस् बालबालिकाका लागि रमाइलो र आकर्षक गतिविधिहरूपनि यो फेस्टिवलमा रहनेछ ।

नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलालाई संरक्षण र प्रवर्धन गर्ने उदेश्यले   हुन लागेको हो। नेपाली संस्कृति झल्काउने संगीतिक नेपाली समुदायको सबैभन्दा ठूलो महोत्सव हुन लागेको थ्री इ इन्टरटेनमेन्टले  बताएको छ।यस्तै यस कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ । 

कार्यक्रमको बिषयमा थप जानकारीका लागि आधिकारिक वेबसाइट WWW.dtfest.com  मा हेर्न सकिने छ । 

 


 

Related Post