काठमाडौं,साउन ६ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ६१ अङ्कले बढेको छ । निरन्तर बढी रहेको नेप्से परिसूचक आज २४८५.९४ विन्दुमा कायम भएको छ ।
आइतबार ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबारमा आएका १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने, ५६ कम्पनीको शेयर मूल्य घटेको छ ।
सोल्टी होटल्स लिमिटेडले सबैभन्दा बढि ३४ करोड १० लाख ९६ हजार रूपैयाँको कारोबार गरेको छ।
गत सातादेखि निरन्तर उछाल भइरहेको नेप्से गत बिहीबार ५९.६८ अंकले बढेर २४२४ को विन्दुमा थियो । जहाँ करिब २८ महिनायताकै उच्च विन्दुमा नेप्से पुगेको थियो । आज पनि करिब १५ अर्ब बढीको कारोबार भएको छ ।