अर्थ / वाणिज्य समाचार

राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्री पौडेलले दिए निर्देशन

राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्री  पौडेलले दिए  निर्देशन

काठमाडौं,भदौ २७ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न भन्सार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न  निर्देशन दिएका हुन् । अर्थतन्त्र अहिले पनि दबाबमा रहेको बताउदै  धेरै चुनौती रहेको पौडेलले बताएका छन् । 

उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिले मैले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि जे जे देखिरहेको छु, हाम्रा सामुन्नेमा कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी छन् । यदी हामी राजश्व परिचालनमा प्रभावकारी हुन सकेनौँ भने हामीले कसरी अघि बढ्न सकौँला त्यो चिन्ता र दबाबमा म अहिले पनि छु । त्यसैले म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने यहाँ राम्रोसँग काम गरिदिनुस्, के राम्रो, के नराम्रो, के गर्नुपर्छ, के गर्नुपर्दैन, यहाँहरुलाई राम्रोसँग थाहा छ । कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ । जे थाहा छ, त्यत्ति गरिदिनुभयो भने पुग्छ ।’


ण्ण्ण्ण्ण्ण्

Related Post