अर्थ / वाणिज्य

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाका परिवार तथा आफन्तले अब १० लाख पाउने

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाका परिवार तथा आफन्तले  अब १० लाख पाउने

काठमाडौं,कात्तिक, १२। वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाका परिवार तथा आफन्तले यसअघि ७ लाख क्षतिपूर्ति पाउँदै आएकोमा अब १० लाख पाउने भएका छन् । सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८५ ले दिएको अधिकार प्रयोग गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ लाई छैटौ संशोधनमार्फत संशोधन गरेको हो ।नियमावलीको नियम २८ मा संशोधन गर्दै यसअघि उपलब्ध गराउँदै आएको ७ लाखलाई १० लाख बनाइएको छ ।

 

Related Post