काठमाडौं,साउन २ । आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको छ । अर्थतन्त्रका आधा दर्जन क्षेत्र ऋणात्मक रहँदा आर्थिक वृद्धिदर खुम्चिन पुगेको हो । आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार २.२ प्रतिशत मात्र छ ।
यो अघिल्लो आर्थिक वर्ष २०७९र८० को सोही त्रैमासको तुलनामा भएको कुल गार्हस्थ उत्पादनको वृद्धिदर हो । आव २०७९र८० को तेस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार २।५ प्रतिशत थियो ।
आव २०८०र८१ को दोस्रो त्रैमासको तुलनामा समेत तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको छ । दोस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार ३.८ प्रतिशतले भएको छ ।