समाचार अर्थ / वाणिज्य

त्रिशूलीमा १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत दिने सरकारको निर्णय

त्रिशूलीमा १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत दिने सरकारको निर्णय

काठमाडौं,असार ३१ । सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरुलाई दश लाखको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।


सोमवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

त्यसैगरी बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदन पनि व्यक्त गरेको छ । यस्तै मन्त्री परिषद बैठकले परिवर्तित सन्दर्भमा मन्त्री परिषद र मन्त्रीपरिषद्का विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रश्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी संवत २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने, कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप फ्ल्ड लाईट जडान र प्याराफिट निर्माणको कार्य ३ सय दिन भित्र सम्पन्न गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेका प्रवक्ता गुरुङले बताए ।

 

Related Post