अर्थ / वाणिज्य समाचार

उपचार खर्च नहुँदा मृत्यु सहकारी पीडितको मृत्यु

उपचार खर्च नहुँदा मृत्यु सहकारी पीडितको मृत्यु

काठमाडौं,साउन २७ । आर्थिक अभावमा सहकारी पीडितको निधन भए पछि  सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् ।बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएपछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध गरेका हुन् ।

काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएको हो स्थापितले न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत गरेका  थिए ।  

मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल पुर्‍याइएका स्थापितको अस्पतालमा राख्नुपर्ने धरौटी रकम राख्न नसक्दा उपचारमा ढिलाइ उनको ज्यान गयो । 
स्थापित पछिल्लो एक वर्षभन्दा लामो समयदेखि सहकारीको बचत रकम फिर्ता गर्न माग गर्दै आन्दोलनमा थिए ।  

 

Related Post