काठमाडौं,कात्तिक,१३। नेपाल राष्ट्र बैंकले तिहारका लागि आज सुनको असर्फी बिक्री सुरु गरेको छ । राष्ट्र बैंकले २।५ ग्रामको सुनको असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैँया तोकेको छ ।‘ २।५ ग्रामको असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ तोकिएको छ । एक जनाले एउटा मात्रै असर्फी किन्न पाउने छन् ।
राष्ट्र बैंकले चाँदीको सिक्का मेडालियन आइतबारबाट नै बिक्री गरिरहेको थियो । १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री भइरहेको छ । लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको १० ग्रामका चाँदीका सिक्काको मूल्य २ हजार २ सय रहेको छ । गाई मेडालियन १० ग्रामको २ हजार २ सय तथा २५ ग्रामको ५ हजार ५ सय रहेको छ ।