अर्थ / वाणिज्य

९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

 काठमाडौं,मंसिर ५ । सुनको भाउ प्रतितोला १ लाख ६३ हजार रुपैयाँ पुगेको छ । तीन दिनयता उकालो लागि रहेको सुन अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला ९ सय रुपैयाँ महँगिएको हो ।

यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता बढ्दै गएको सुन सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ महँगिएको छ । अघिल्लो दिन १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० रुपैयाँमा झरेको छ ।

 

 

 

 

Related Post