काठमाडौं,कात्तिक,१३। सुनको मूल्य आज वृद्धि भएको छ । आज १ हजार ५ सयले वृद्धि भएर प्रतितोला १ लाख ६८ हजार ५ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
हिजो १ लाख ६७ हजार रुपैयाँ तोलामा सुन कारोबार भएको थियो । हिजो ४ सय रुपैयाँ तोलामा मूल्य घटेको थियो ।
यस्तै चाँदीको मूल्य भने २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज प्रतितोला ४० रुपैयाँले वृद्धि भएको छ ।