अर्थ / वाणिज्य

अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरको ४३ बुँदे सुझाव

अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरको ४३ बुँदे सुझाव

काठमाडौं,साउन ९ । नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थतन्त्र चलायमान बनाउन  ४३ बुँदे सुझाव दिएको छ । 
कर्मसले नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्री ओलीलाई ४३ बुँदे सुझाव दिएको हो ।  । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै चालू आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा कुरामा जोड दिएको छ ।

‘काठमाडौंलगायत देशका अधिकांश ठूला शहरमा व्यापारिक सटर बन्द भएकोप्रति चेम्बरले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न स्थायी रुपमै एकल अंकको ब्याजदर कायम हुनुपर्ने चेम्बरको माग छ ।

आर्थिक मन्दीबाट उन्मुक्ति नपाउञ्जेल उद्यमी व्यवसायीहरुलाई चालू पुँजीको उपलब्धता सरल र सहज तवरले हुनुपर्ने एवं हाल जारी चालू पुँजी कर्जा निर्देशिकालाई तत्काल स्थगित गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । घरजग्गा कारोबारलाई थप गति दिन ५० लाखभन्दा माथिको कर्जामा शत प्रतिशत जोखिमभार कायम गरिनुपर्नेमा ध्यान दिन आग्रह गरेको छ ।

 

Related Post