अर्थ / वाणिज्य

एडीबीको प्रक्षेपण- नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत

एडीबीको प्रक्षेपण- नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत

काठमाडौं,असोज ९ । आर्थिक वर्ष २०८१र८२ मा नेपालको अर्थतन्त्रमा सुधार आउने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ । नेपालको अर्थतन्त्रमा ४।९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ, जुन आर्थिक वर्ष २०८०र८१ को अनुमानित ३.९ प्रतिशतभन्दा बढी हुने एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ ।

‘एसियन डेभलपमेन्ट आउटलुक ९सेप्टेम्बर २०२४० का अनुसार कृषि क्षेत्रको वृद्धि हुनेछ भने विद्युत उत्पादन क्षमता वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ । पर्यटकको आगमनमा भएको वृद्धिले आवास र भोजन सेवाहरूमा सुधार भई सेवा क्षेत्रले गति लिने अपेक्षा गरिएको छ ।

अनुकूल मौसमका कारण समयमै धान रोपाइँ भएकाले धानको उत्पादन पनि बढ्न जाने देखिएकोले आर्थिक विस्तारमा सहयोग पुग्ने बताइएको छ । यस्तै लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यवसायिक गतिविधि सुदृढ हुने अपेक्षा आउटलुकले गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ मा मुद्रा स्फीति ५ प्रतिशतभित्रै सीमित गर्न लिएको लक्ष्य हासिल हुनसक्ने देखिन्छ । नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रा स्फीतिमा सामान्य गिरावट आएसँगै मुद्रा स्फीति राष्ट्र बैंकले निर्धारण गरेको सीमामै रहने प्रक्षेपण गरिएको छ ।

बाह्य जोखिमहरू भने सापेक्ष रूपमा नियन्त्रणमा रहनेछन् । व्यापार घाटामा गिरावट, उत्साहबर्द्धक रेमिट्यान्स ९विप्रेषण आप्रवाह० र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०र८१ मा नै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ । यद्यपि आर्थिक वर्ष २०८१र८२ मा चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्छ, जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा रेमिट्यान्समा मध्यम सुधारसँगै ३।९ प्रतिशतले बचतमा रहेको थियो ।

मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुनसक्छ । विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्नसक्छ । प्राकृतिक विपद् तथा जलवायु प्रकोपहरू नेपालको आर्थिक वृद्धिमा चिर स्थायी जोखिमका रूपमा रहेका छन् ।

एडीबी समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्रको विकासमार्फत चरम गरिबी निवारणको पहललाई जारी राख्न प्रतिबद्ध रहेको जनाएको छ ।

 

Related Post