काठमाडौं,साउन ९ । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । आगो निभाउने प्रयास भइरहेको छ । उक्त विमानमा चालक दलका सदस्य सहित १९ जना रहेका छन् ।
जहाजभित्र रहेका यात्रुहरू जोखिम अवस्थामा देखिएका छन् । अहिले सम्म यात्रुको अवस्थाको बिषयमा भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।
जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।