समाचार

रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ

 काठमाडौं,माघ १०। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बढैयाता गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने बिनोद पौडेल रहेका छन् ।

एनसीबी अबु मस्कट ओमानको समन्वयनमा उनलाई पक्राउ गरेर बुधबार नेपाल ल्याइएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ ।उनीविरुद्ध गत १२ पुसमा पक्राउ पुर्जी जारी भएको थियो ।

 

 

 

Related Tag :

Related Post