काठमाडौं,चैत ११ । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किए संगै यो सपथलाई नेपालमात्र नभएर विश्वले नै एक चासोको रुपमा हेरेको छ । अर्को संयोग त के छ भने बालेन शाहले जुन दिन प्रधानमन्त्रीको सपथ लिदै छन् उक्त दिन रामको जन्म भएको दिन र सपथ लिने समय पनि १२ बजेर ३४ मिनेटमा अथवा १२३४ को नम्बर निकै शक्तिशाली बनेको छ ।
बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ ।त्यसक्रममा १०८ जना बटुकले स्वस्ति बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ ।
यस्तै ७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ । बालेनको नेतृत्वमा अब बन्ने सरकारमा संविधान अनुसार २५ सदस्यीय मन्त्रि परिषद गठन गर्न पाइने भए पनि बालेनले सानो आकारको मन्त्रि परिषद गठन गर्ने तयारी गरेका हुन । बालेनले बनाउने नया सरकारमा को को मन्त्रि बन्दै छन् भन्ने कुरामा मन्त्रिहरुको नाम सार्वजनिक नभए पनि बालेनले सबै टुंगो लगाइसकेको बुझिएको छ । बालेनको शक्तिशाली क्याबिनेटमा समेटिने नया्ँ अनुहारहरु को को समेटिएलान् भन्ने कुरा चासोको बिषय बनेको छ ।