समाचार

राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको छ:पृथ्वीसुब्बा गुरुङ

राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको छ:पृथ्वीसुब्बा गुरुङ

काठमाडौं,मंसिर २९ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० को १५ औं वार्षिक साधारण सभा एंव सातौं महासभामा बोल्दै उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताएका हुन् ।

मन्त्री गुरुङले भने, ‘अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन। भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो, र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्‍याएको छ।’

उनले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको र सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।

 

Related Tag :

Related Post