काठमाडौं,फागुन ६ ।सिरहाको नवराजपुरकी रिंकु सादय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरेको हो । उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको बुझिएको छ । गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलिया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डेको अवस्थामा फेला परेकी थिइन् ।