समाचार

रोल्पा जीप दुर्घटना अपडेटः ७ जनाको मृत्यु, ७ जना घाइते

रोल्पा जीप दुर्घटना अपडेटः ७ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं,असार १८। रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा सोमबार भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।सो घटनामा परेर ५ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

अहिले पनि पानी परिरहेकाले सबै घाइतेलाई अस्पताल पुराउन सकिएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका २ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको थियो ।प्रहरीका अनुसार मृतकको सनाखत भइसकेको छैन। दुर्घटनास्थल सदरमुकाम लिबाङबाट करिब ३५ किलोमिटर पश्चिम पर्दछ। घटनापछि पनि निरन्तर पानी परिरहेकाले समयमा उद्दार हुन नसकेको प्रहरीले जनाएको छ ।

Related Tag :

Related Post