समाचार

आगामी प्रधानमन्त्री आफू नभएर शेरबहादुर देउवा नै हुने आरजु राणाकाे दाबी

आगामी प्रधानमन्त्री आफू नभएर  शेरबहादुर देउवा नै हुने आरजु राणाकाे दाबी

काठमाडौं,भदौ १३ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभएर  शेरबहादुर देउवा नै हुने बताएकी छन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु  अबको सम्भावित प्रधानमन्त्री भन्ने हल्ला मात्रै रहेको बताएकी हु । उनले यस कुरालाई  ‘राम्रो कल्पना’ भनेर टिप्पणी गरेकी छन् ।  ।आरजुले भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए ।प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उनले धन्यवाद समेत दिइन् । यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको उनको भनाइ थियो । 

‘बाहिरबाट हेर्दा एउटा देखिएला तर पार्टीभित्र मेरो आफ्नै हैसियत कति छ मलाई थाहा छ । त्यसकारण त्यो राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु,’ उनले भनिन्, ‘उहाँले एउटा यस्तो कुरा बताइदिनुभयो, जसले जनमानसमा एउटा कल्पना बनेको छ । तर त्यो मेरो लागि भन्नुभाजस्तो लाग्दैन ।’प्रधानमन्त्रीको भनाइ उहाँकै पार्टीको कोही व्यक्तिप्रति लक्षित हुन सक्ने बताइन् । तर कांग्रेसबाट भने आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले बताइन् । ‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो,’ आरजुले भनिन् ।

 

Related Tag :

Related Post