समाचार

दुर्गा प्रसाईंलाई अदालत लगियो

दुर्गा प्रसाईंलाई अदालत लगियो

 काठमाडौं,मंसिर ११। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ । साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सर्वोच्चमा अहिले उनको बयान चलिरहेको छ । प्रसाईं गत आइतबार वीर अस्पताल भर्ना भएका थिए । अदालतले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

 

 

 

Related Tag :

Related Post