कैलालाी,साउन २१ । सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लागेको छ ।कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मन्त्रीहरुको नाम टुङ्गो लगाएको हो ।
सरकारमा सहभागी हुनेहरुमा मेघराज खडकाले, ,सरस्वती खडका,बहादुर सिंह थापा र प्रकाश बहादुर बम छन् । मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँदा सरस्वती खडकाले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन् ।
यस्तै बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्।
आज ३ बजे मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गर्दैछन्। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ ग्रहण गर्ने जनाइएको छ।