काठमाडौं,असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेबाट आफूलाई कुट्ने धम्की आएको बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दैस्वर्णिमको सचिवालयबाट कैसैले आफुलाई फोन गरेको तर, नउठाएपछिम बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेकाले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा मागेको उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”‘ लगायत अनेक भनेकाले , हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’