काठमाडौं,पुस १८। गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्नु रहेको बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नु सरकारको दायित्व समेत रहेको उनले बताएका हुन ।
उनले भने, भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनको आग्रह छ । ‘काम गर्ने वातावरण पनि चाहिन्छ । वातावरण सबैले मिलेर बनाउने हो’, उनले भने, ‘यसकारण सरकारलाई वश्वास गर्नुपर्छ,’ उनको प्रश्न छ, ‘आवधिक निर्वाचनबाट आएको सरकारलाई विश्वास नगरेर कसलाई गर्ने रु विश्वास गर्नुपर्छ ।’
उनले भ्रष्टाचारको अनुसन्धानमा कुनै हदम्याद नहुने उनको भनाइ थियो ।