समाचार

वर्षा गराउने प्रणाली पुन सक्रिय बन्दै, कहाँ पर्दै छ पानी ?

वर्षा गराउने प्रणाली पुन सक्रिय बन्दै, कहाँ पर्दै छ पानी ?

काठमाडौं,माघ १९ ।   अघिल्लो मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेशबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर सामान्य रहेको मौसम पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको छ । देशमा फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको मौसमविद बताउछन् ।  

आइतबार नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने तथा मङ्गलबार भने मध्य नेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । तर ती क्षेत्रमा पूर्ण बादल लाग्ने छ भने बाँकी क्षेत्रमा पनि आंशिक बादल लागेर चिसो बढ्ने छ ।

मौसमविदका अनुसार  यस प्रणालीले मध्यनेपालभन्दा पश्चिममा बढी असर गर्ने र  कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा  बदली बढ्ने र  । मङ्गलबार मध्यनेपालभन्दा पश्चिममा बदली भएर वर्षा र हिमपात हुने बुझिएको छ ।  यसपालि पश्चिमबाट मध्यनेपालसम्म असर गर्ने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा गराउने छ । कोशी, बागमतीको माथिल्लो भेगमा पनि असर गर्न सक्ने तर तल्लो भाग र तराई क्षेत्रका साथै मधेश प्रदेशमा भने असर न्यून रहने उनले बताए । काठमाडौँमा मङ्गलबार राति छिटपुटसम्म वर्षा हुन सक्ने छ ।

सोमबार तराई भू–भागका केही स्थानमा हुस्सु–कुहिरो रहने तथा देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने छ । बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात–वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ र बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

 

Related Tag :

Related Post