काठमाडौ,पुस २ । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए । आयोगको मागअनुसार म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत भएको अध्यक्ष कार्कीको भनाइ छ ।