समाचार

चाडमा नेपालमै उत्पादित दुध र दुग्धजन्य पदार्थ प्रयोग गर्न कृषिमन्त्री अधिकारीको अपिल

चाडमा  नेपालमै उत्पादित दुध र दुग्धजन्य पदार्थ प्रयोग गर्न  कृषिमन्त्री अधिकारीको अपिल

काठमाडौं,कात्तिक,१४ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चाडपर्वमा नेपालमै उत्पादित दूध तथा दुग्धजन्य पदार्थ, मह, अन्डा, मासु साथै फलफूल प्रयोग गर्न अपिल गरेका छन् । कृषिमन्त्री अधिकारीले तिहार तथा नेपाल संवत् नयाँ वर्ष तथा छठ पर्वको शुभकामना दिँदै यस्तो अपिल गरेका हुन् । 

तपाईंहरूको सानो सहयोगले कृषि पेसामा संलग्न हाम्रा दिदीबहिनी तथा दाजुभाइहरूलाई ठूलो हौसला मिल्ने छ,’ मन्त्री अधिकारीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख  छ । स्वदेशी उत्पान खपत बढाउन सके उत्पादित वस्तु बिग्रिन नपाउने र किसानले भुक्तानीका लागि लामो समय पर्खनुपर्ने अवस्था अन्त्य हुने मन्त्री अधिकारीको भनाइ छ । दूध, घिउसहित स्वदेशमै उत्पादित वस्तु भरपुर उपयोग गर्न उनले अपिल गरेका छन् ।

उनले भनेका छन्,  ‘रोजगारी र अवसरका लागि विदेशिने क्रममात्र चलेको छैन, देशमै केही हुन्छ र गर्नुपर्छ भन्ने सोच पनि बढ्दै गएको छ । त्यसकै मिहिनेत र पौरखका कारण नेपाल मासु, अन्डामात्र होइन, दूध तथा दुग्धजन्य पर्दाथमा बिस्तारै आत्मनिर्भर बन्दै गएको छ । तरकारी, फलफूल तथा अन्नबाली उत्पादन बढ्दै गएका छन् । ‘स्वदेशी उत्पादनहरूको उपभोग कम हुने तथा दूध, उखु सहितका किसानले महिनौंसम्म रकमका लागि प्रतीक्षा गर्नुपर्ने अवस्था विद्यमान् छ । त्यसको अन्त्यका लागि दुग्ध विकास संस्थान ९डीडीसी० मा मौज्दात घिउसहित दूधबाट उत्पादित वस्तु बिक्री गर्नुपर्ने आवश्यकता छ भने निजी क्षेत्रबाट सञ्चालित डेरीहरूमा अहिले पनि दूधबाट उत्पादित वस्तु थन्किएका छन्,’ शुभकामना सन्देशमा छ, ‘मह, स्याउ सहित हाम्रा उत्पादन बजारको प्रतीक्षामा छन् भने अन्डा तथा मासुजन्य वस्तुको अवस्था पनि करिब उस्तै छ । जसले गर्दा किसानले समयमा भुक्तानी नपाउने मात्र होइन, स्वदेशी वस्तु प्रयोग कम हुँदा हाम्रा उत्पादन सडेर जाने र किसान पलायन हुने अवस्था आउन थालेको छ।’

 

 

 

 

Related Tag :

Related Post