काठमाडौं,२७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभामा बोल्न सभामुख देवराज घिमिरेसँग समय मागेका छन् ।सदन बस्नुअघि उनले सभामुख देवराज घिमिरेसँग भेटेर बोल्न समय मागेको बुझिएको छ ।
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहराएको थियो । चौतर्फी दबाबपछि सम्भवतस् आज उनले सदनमार्फत् राजीनामाको घोषणा गर्न लागेको स्रोतको भनाइ छ ।