काठमाडौं,साउन २५ ।। आज ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । देशभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसैक्रममा काठमाडौंमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्याली निकालेका छन् । काठमाडौंमा आज राष्ट्रिय आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, किरात राई यायोक्खा, तमुवान, भोटे जनजाति सेवा संघको अगुवाइमा र्याली निकालिएको छ ।
उनीहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित दिवस मनाएका छन् । भृकुटीमण्डपबाट सुरू भएको र्याली प्रज्ञा भवनमा कार्यक्रममा परिणत हुनेछ ।