पोखरा,भदौ ५ । पोखराबाट काठमाडौंका लागि उडेको विमान अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ । मौसम खराबीका कारण वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको हो । साढे ७ २५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो । पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ ।
बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो । पोखरा विमानस्थलका अनुसार भिजिविलिटीका कारण उडान र अवतरण दुबै ठप्प भएको छ । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था नरहेको बुझिएको छ ।