समाचार

सुदूरपश्चिममा आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार बनाउन आह्वान

सुदूरपश्चिममा आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार बनाउन आह्वान

कैलाली,साउन १८ । सुदूरपश्चिम   प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिए पछि नयाँ सरकार गठनको लागि दुई दिन समय दिइएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले यही आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।

नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरेका छन् । एमालेले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेका सोडारीले आज राजीनामा दिएका हुन ।

 


 

Related Tag :

Related Post