समाचार

अर्को महामारीको खतरा: बिरालामा देखियो बर्डफ्लू

अर्को महामारीको खतरा: बिरालामा  देखियो बर्डफ्लू

 काठमाडौं, वैशाख २८ । बर्ड फ्लू (एच ५ एन १) तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना रहेको नयाँ अध्ययनले चेतावनी दिएको छ । उक्त अध्ययनले बिरालाहरूमा बर्ड फ्लूको संक्रमणको अवस्था विश्लेषण गर्दै त्यो मानिसहरूमा सर्ने जोखिम रहेकाले तत्काल निगरानी आवश्यक रहेकोमा जोड दिएको छ ।

यस सम्बन्धी अध्ययन अमेरिकाको युनिभर्सिटी अफ मेरील्यान्ड स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेका हुन् । अध्ययनको निष्कर्ष सन् २०२५ को मे ७ मा इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशित छ ।सन् २००४ देखि २०२४ सम्मको तथ्याङ्क समेटेर गरिएको अध्ययनको अन्तर्राष्ट्रिय समीक्षामा १८ देशका १२ प्रकारका बिरालाहरू पाल्तु बिरालादेखि बाघसम्म० ६०७ वटा संक्रमण भेटिएका छन्, जसमा ३०२ बिरालाको मृत्यु भएको अध्ययनकर्ताको निष्कर्ष छ ।

अध्ययनकर्तालाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ, ‘भाइरस विकसित भइसकेको छ । यो चरादेखि बिरालासम्म अनि गाई र बिरालाबीच फैलिसकेको छ, जुन अब मानिसहरूमा सर्ने खतरा छ ।’

अध्ययन रिपोर्टमा लेखिए अनुसार संक्रमित बिरालाहरू प्रायः इन्सेफेलाइटिस ९मस्तिष्क सुन्निने० वा अन्य गम्भीर लक्षणबाट पीडित हुन्छन्, जसलाई धेरैजसो रेबीज ९ज्वरो० भनेर गलत निदान गरिन्छ । साथै बर्ड फ्लूको सबैभन्दा घातक प्रकार अत्यन्तै संक्रामक छ र घरमा पालेका बिरालाहरूमा देखिने ९० प्रतिशतभन्दा बढी संक्रमणमा मृत्युदर उच्च छ ।

अध्ययनकर्ताका अनुसार बिरालाहरू सिधै बर्डफ्लु संक्रमित चराहरू वा दूषित काँचो मासु ९विशेषगरी कुखुरा० खाँदा संक्रमित हुन्छन् । साथै परोक्ष रूपमा अन्य स्तनधारीबाट पनि सर्न सक्छ । जस्तै, संक्रमित गाईको काँचो दूध खाँदा पालतु बिरालाहरूमा संक्रमण देखिएको छ । तर बिरालाहरूमा बर्ड फ्लूको सक्रिय निगरानी हुँदैन र परीक्षण गरिए पनि प्रायः मृत्युपछि मात्र गरिन्छ ।

बर्ड फ्लू बिरालाहरूका लागि अत्यन्त घातक भएको भनिए पनि बिरालाहरूबाट समुदायमा फैलावटको अवस्था पत्ता लगाउन भने आवश्यक रहेको अनुसन्धानकर्ताको जोड छ । मानिसहरूमा बर्ड फ्लूको असर अलिक कम घातक भए पनि हालसम्म विश्वभर ९५० संक्रमितमध्ये करिब आधाको मृत्यु भइसकेको बताइन्छ ।

अनुसन्धानकर्ताहरूले पशु आश्रयहरूमा बर्ड फ्लू प्रवेश गर्ने जोखिमबारे चिन्ता व्यक्त गरेका छन्, जसका कारण मानिसहरू समेत संलग्न हुने ठूलो स्तरको प्रकोप देखा पर्नसक्ने चेतावनी दिइएको छ । सन् २०१६ मा न्यूयोर्क सहरमा बर्ड फ्लूको एक भिन्न प्रकारले देखाएको असर भन्दा पनि गम्भीर अवस्था आउन सक्ने बताइएको छ ।

 

 

Related Tag :

Related Post