काठमाडौं,असार २८ । नारायणगढमुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
बागमती प्रदेशको १५१६ नम्बरको ब समा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजलले बताएका छन् । ।
बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।
यद्यपि बसमा सवार व्यक्तिको संख्या अझ आधिकारिक थाहा नभएको प्रहरीको भनाइ छ ।
कालिखोलामा पहिरो गएकोले बाटो अवरुद्ध छ । प्रहरीसहितको गोताखोर टोलीले अहिले एकतर्फी बाटो खुलाउने प्रयास गरिरहेको छ ।