काठमाडौं,साउन २५ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको छ । सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ । हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको हो ।
महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । यो सडक एकतर्फी छ ।
यो बाटो सडक विभागअन्तर्गत पर्दछ ।यो सडक यसअघि पनि भासिएको थियो ।
सडकमा धेरै क्षति पुगेकाले अस्थायी रुपमा मर्मत गर्न नमिल्ने देखिएको छ ।