समाचार

रास्वपाले १६ मंसिरमा हुने स्थानीय तह निर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने

रास्वपाले १६ मंसिरमा हुने स्थानीय तह निर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने

काठमाडौं,कात्तिक, १५। राष्ट्रिय स्वतन्त्र पार्टीले १६ मंसिरमा हुने स्थानीय तह निर्वाचनमा पुराना दलसँग सहकार्य नगर्ने भएको छ । नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने जनाएको हो ।

पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ । सहमहामन्त्री विपीन आचार्यले पारिवारिक कारणले समय दिन नसक्ने भनेपछि पराजुलीले यो जिम्मेवारी पाएका हुन् । कार्यदलमा ७ देखि ९ जनासम्म रहने छन्।

३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ । जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ ।

 

 

 

Related Tag :

Related Post