समाचार

पूर्वमन्त्री अधिकारी डेराबाट पक्राउ,काठमाडौंं ल्याइदै

पूर्वमन्त्री अधिकारी डेराबाट पक्राउ,काठमाडौंं ल्याइदै

काठमाडौं, कात्तिक २५। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले डेराबाटै पक्राउ गरेको छ । विराटनगर महानगरपालिका(२ स्थित डेराबाट अहिले केही बेरअघि अधिकारीलाई पक्राउ गरेर विराटनगर विमानस्थलतर्फ लगिएको छ ।

 त्यहाँबाट दिउँसो १ः५० बजेतिर काठमाडौं लैजाने तयारी छ ।

अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले निवासबाटै प्रहरी नियन्त्रणमा आएका एमालेका कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीलाई डेराबाट निकालिएको छ ।

 

Related Tag :

Related Post