समाचार

११ महिनामा १० लाख बढी पर्यटक नेपाल भित्रिए

११ महिनामा १० लाख बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं,मंसिर १६ । ११ महिनाको अवधीमा नेपाल घुम्न आउने पर्यटक संख्या  १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । त्यसबेला २४ हजार ४ सय ४३ जना आएका थिए ।यस्तै अमेरिकाबाट १० हजार ९ सय ८१ आएका छन्, तर यो पनि गत वर्ष नोभेम्बरको दाँजोमा ४।२ प्रतिशतले कम हो । बेलायतबाट ६ हजार ६ सय ११ आएका छन् । चीनबाट ९ हजार ४ सय ५८ आएका छन् । चिनियाँ गत वर्ष नोभेम्बरको तुलनामा साढे २४ प्रतिशतले बढेका हुन् ।

त्यस्तै अस्ट्रेलियाबाट ४ हजार ८ सय २९ जना आएका छन् । यो गत वर्ष सोही अवधिको दाँजोमा साढे ४ प्रतिशतले कम हो । गत नोभेम्बरमा बंगलादेशबाट ५ हजार १ सय ४८ र श्रीलंकाबाट ४ हजार ३ सय ९५ जना आएका थिए ।

गत नोभेम्बरमा सार्क राष्ट्रबाट ३१ हजार १ सय ६७, अन्य एसियाली देशबाट २४ हजार ८ सय ९७, युरोपबाट २६ हजार १ सय ५५ र मध्यपूर्वबाट १ हजार ४ सय ८८ पर्यटक नेपाल आइपुगेका थिए ।

 

Related Tag :

Related Post