काठमाडौं,कात्तिक,९ । काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ स्थित भाटभटेनीमा डोजर चलाएको छ । महानगरपालिकाले चक्रपथ (रिङरोडको) ‘राइट अफ वे’ पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।
चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि भत्काइएको नगर प्रहरी नाबव उपरीक्षक ९डीएसपी० ईश्वरराज वाग्लेले बताएका छन् ।
काठमाडौं–१४ कलंकी खसीबजार पश्चिमतर्फ खोला किनारमा रहेको भाटभटेनी सुपरमार्केटले मापदण्ड विपरीत लगाएको अन्दाजी २०० मिटर पर्खाल र २ वटा शौचालय महानगर प्रहरी बलबाट भत्काइ खाली गरिएको छ ।