समाचार

जाँचबुझ आयोगले अर्को हप्ता ओली र लेखकको बयानमा लिने

जाँचबुझ आयोगले अर्को हप्ता ओली र लेखकको बयानमा लिने

काठमाडौं,पुस २ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई भदौ २३ र २४ गतेको जेन-जी विद्रोहसँग सम्बन्धित घटना जाँचबुझका लागि गठित आयोगले अर्को साता  बयानका लागि बोलाउने तयारी गरेको छ ।

आयोगको म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न गएको आयोगको टोलीले अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको जानकारी दिएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री ‌ओली र गृहमन्त्री लेखकलाई अर्को साता बयानमा लागि बोलाउने तयारी गरेको बताए । उनले भने, त्यो बेलाको प्रधानमन्त्री र गृहमन्त्री सबैलाई बयानका लागि बोलाउँछौं । अर्को हप्ता सबैलाई बोलाउँछौं ।’ओली र लेखक बयानको लागि नआउने भनिरहेका छन् नि त्यस्तो अवस्थामा के आयोगले के गर्छ भन्रे  प्रश्नमा कार्कीले भने,’पछिको कुरा पछि नै हुन्छ ।’

 

Related Tag :

Related Post