समाचार

सिरहामा एक युवकको शव फेला

सिरहामा एक युवकको शव फेला

 काठमाडौं,असार १४ । सिरहामा एक युवकको शव फेला परेको छ ।आज बिहान आफ्नो घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको बुझिएको छ ।

सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा  स्थानीय रामसेवक महराका छोरा ४३ वर्षीय अजय महरा घाँटीमा गम्छा बेरिएर लडिरहेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ ।

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको घाँटीमा गम्छा बेरिएको छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएजस्तो देखिने र अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।

 

 

Related Tag :

Related Post